झापा,चैत्र ६ । चौतर्फी बिरोध र दबाब पछि रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने तयारी बाट सरकार पछि हटेको छ । नेपाल सरकारले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निणर्य रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निणर्य गरेको हो ।
आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निणर्य गरेको हो ।
बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निणर्य गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निणर्यसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निणर्य गरेको थियो। त्यसपछि त्यसको चौतर्फी आलोचना हुनुका साथै किसानहरुले बिरोध प्रर्दशन समेत गरेका थिए । आजको मन्त्रिपरिषद बैठकपछि रासायनिक मलको अनुदान र मूल्यसमेत यथावत रहने भएको छ ।
प्रकाशित मिति:
सोमबार, चैत ६, २०७९, १२:४६:००