झापा,चैत्र ६ । झापामा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन भएका १० मध्ये ८ क्याम्पसको नतिजा सार्वजनिक भएको छ ।
हिजो निर्वाचन भएका १० मध्ये हाल सम्म ८ क्याम्पसको नतिजा आएको हो । जसमा नेपाली काँग्रेसको बिर्धार्थि संगठन नेपाल विद्यार्थी संघले ४ तथा नेकपा एमालेको बिर्धार्थि संगठन अनेरास्ववियुले ४ क्याम्पसमा जित निकालेको छ ।
अर्जुनधारा स्थित शनिश्चरे बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेवि संघ र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनबाट नेवि संघका विशाल थापा निर्वाचित हुनभएको छ । त्यस्तै सचिवमा अखिल क्रान्तिकारीका गगन चापागाइ सहित गठबन्धनको पुरै प्यानल नै बिजयी भएको छ । त्यस्तै चारआली स्थित त्रिदेव बहुमुखी क्याम्पसमा नेवि संघका अर्जुन गौतम अध्यक्षमा निर्वाचित हुदाँ सचिवमा पनि नेवि संघकै मनिराम बिश्वकर्मा निर्वाचित हुनुभएको छ । बिर्तामोडस्थित कन्काई आदर्श क्याम्पसमा नेवि संघबाट किरण गुरुङ प्यानलसहित निर्वाचित हुदाँ बिर्तामोडकै इन्द्रचन्द्र क्याम्पसमा पनि नेवि संघले नै जित हात पारेको छ । अध्यक्षमा पवन दाहाल र सचिवमा श्रीजित ढुंगाना चयन हुनुभएको छ ।
त्यसबाहेक शनिश्चरे स्थित सितारमेश बहुमुखी क्याम्पसमो अनेरास्ववियुका प्रदिप बर्देवा अध्यक्षमा निर्वाचित हुदाँ सुरुङ्गा स्थित कनकाइ बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियुकै चेतन आचार्य निर्वाचित हुनुभएको छ । त्यस्तै गौरादह कृषि क्याम्पमा अनेरास्ववियुबाट विक्रम तिवारी निर्वाचित हुदाँ गौरीगञ्ज बहुमुखी क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार इस्तप हुसेन स्ववियुमा निर्वाचित हुनुभएको छ । अहिले भद्रपुरको मेची क्याम्पस र दमकको दमक क्याम्पसमा मतगणना जारी रहेको छ ।
झापाका १३ क्याम्पसमध्ये काँकडभिट्टा बहुमुखी क्याम्पसको निर्वाचन चैत्र १० गतेलाई सरेको छ भने गौरादह बहुमुखी क्याम्पसमा निर्वाचन स्थगित भएको छ । बिर्तामोड ८ को गरामनी क्याम्पसमा भने स्ववियु निर्विरोध भएको घोषणा भइसकेको छ ।
प्रकाशित मिति:
सोमबार, चैत ६, २०७९, १२:३९:००