काकरभिट्टा, चैत ६ । विवादका कारण स्थगित भएकाे झापाकाे काकरभिट्टा बहुमुखी क्याम्पसमा आज उम्मेद्वारी दर्ता हुदैंछ ।
विद्यार्थी संगठनहरूबिच विवाद हुँदा चैत ५ गते निर्वाचन हुन नसके पछि चैत १० गतेका लागि सारिएकाे मतदानका लागि आज उम्मेद्वारी दर्ताकाे समय निर्धारण गरिएकाे निर्वाचन समिति संयाेजक हेमकुमार खड्काले बताउनु भयाे ।
खड्काका अनुसार आज बिहान ७ बजेदेखि उम्मेद्वारी दर्ता फारम वितरण र आजै १२ बजेसम्म उम्मेद्वारी दर्ताकाे समय ताेकिएकाे छ ।
काँग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु र नेकपा एस निकट अनेरास्ववियू गरी तीन वटा समुहले उम्मेद्वारी दर्ता फारम बुझेकाे संयाेजक खड्काले बताउनु भयाे ।
यसैबीच बिहान ९ बजे नेपाल विद्यार्थी संघले उम्मेद्वारी दर्ता गराएकाे छ । नेविसंघले अध्यक्षमा विशाल तामाङ, सचिवमा सुवास खत्री र काेषाध्यक्षमा निसा धमला सहित प्यानलकै उम्मेद्वारी दर्ता गराएकाे छ ।
अन्य संगठनहरूले समेत उम्मेद्वारी दर्ताकाे तयारी गरिरहेकाे ति संगठनका विद्यार्थी नेताहरूले बताएका छन ।
काकरभिट्टा क्याम्पसमा ६ सय १६ जना मतदाता रहेकाे र ८ जना प्रत्यक्ष तथा ७ जना समानुपातिक तर्फबाट निर्वाचित हुने गरी १५ सदस्यीय स्ववियु गठन हुने क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले बताउनु भयाे ।
प्रकाशित मिति:
सोमबार, चैत ६, २०७९, ०९:५८:००