झापा, चैत ६ । इन्द्रचन्द्र बहुमुखी क्याम्पस विर्तामोडको स्ववियु अध्यक्षमा नेवि संघका पवन दाहाल निर्वाचित हुनुभएको छ ।
दाहालले तिन सय ९० मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी एमाले अखिलका अध्यक्ष उमेद्वार निर्मल बिश्वकर्माले दुई सय ३७ मत प्राप्त गर्नुभएको छ भने अध्यक्षका अर्का उमेद्वार सुरेन्द्र गिरीले एक सय ९७ मत र निकिता कट्टेलले ७ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै सचिवमा नेवि संघकै श्रीजित ढुंगाना चार सय १५ मत प्राप्त गरी बिजयी हुनुभएको छ । सचिवमा एमाले अखिलका उमेद्वार मन्जु रिजाल (संस्कृति)ले तिन सय आठ र सुजन दाहालले एक सय १६ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी कोषाध्यक्षमा पनि नेवि संघकै शितल गुरुङ निर्वाचित हुनुभएको छ । गुरुङले चार सय ४१ मत प्राप्त गर्दा कोषाध्यक्षका अर्का उमेद्वार एमाले अखिलका गौरव भण्डारीले तिन सय ७३ मत प्राप्त गर्नुभयो ।
प्रकाशित मिति:
सोमबार, चैत ६, २०७९, ०८:३२:००