मेचीनगर, चैत ४ । नेपाली भाषाको विषयमा मेचीनगरमा अन्तरक्रिया गरिएको छ । नेपाली भाषाको प्रयोगमा देखिएको जटिलतालाई सहज बनाउने उद्देश्यले नगर परिषमार आज अन्तरक्रिया गरिएको हो ।
निजी विद्यालय अर्गनाइजेशन (प्याब्सन) मेंचीनगरको आयोजना तथा ऐरावती प्रकाशन प्रालिको प्रायोजनमा भएको नेपाली भाषा शिक्षण तथा सिर्जनात्मक कार्यशाला गोष्ठीको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् नगर शिक्षा अधिकारीले होमनाथ भण्डारीले गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भण्डारीले नेपाली भाषालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले अन्तराष्ट्रिय भाषा सँगसँगै नेपाली भाषालाई प्रयोगमा ल्याउन सबै क्षेत्र जिम्मेवार बन्नुपर्ने चर्चा समेत गर्नुभयो ।
प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा ऐरावती प्रकाशन प्रालिका अध्यक्ष डा. रामविर पाण्डे, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यशालामा नेपाली पाठ्यक्रमका विज्ञहरु डा. देवीप्रसाद नेपाल र डा.गणेश प्रसाद भट्टराईले नेपाली भाषाका विविध विषयमा प्रशिक्षण दिनुभयो ।
कार्यक्रमको सञ्चालन प्याब्सन मेचीनगर सचिव नेत्र खतिवडाले गर्नुभएको थियो । कार्यशालामा मेचीनगर क्षेत्रका सामुदायिक तथा निजी विद्यालयका शिक्षक तथा प्राध्यापकहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति:
शनिबार, चैत ४, २०७९, १८:४७:००