झापा, चैत ३ । नेपाल शिक्षक संघको कोशी प्रदेश अध्यक्षमा झापाका तेजप्रसाद चौलागाई उम्मेद्वार हुने हुनु भएको छ । शिक्षक संघ झापाको आज बसेको पहिलो बैठकले चौलागाईलाई प्रदेश अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको शिक्षक संघ झापाका नवनिर्वाचित अध्यक्ष तोयानाथ दाहालले जानकारी दिनु भयो । शिक्षक संघ झापाको नवनिर्वाचित समितिको पद हस्तान्तर पछि आज बसेको पहिलो बैठकमा नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेबे, उपसभापति केशवराज पाण्डे, सचिव कृष्ण हुमागाई लगायत शिक्षक नेताहरुको उपस्थीति रहेको अध्यक्ष दाहालले बताउनु भयो ।
मेचीनगर ९ निवासी प्रदेश अध्यक्षका उम्मेद्वार चौलागाई शिक्षक महासंघ झापाका पुर्वं अध्यक्ष समेत रहनु भएको छ । वहाँ झापाका अगुवा शिक्षक नेताका रुपमा परिचित हुनुहुन्छ । शिक्षक संघको कोशी प्रदेश अधिवेशन चैत ९,१० र ११ गते बिराटनगरमा सम्पन्न हुँदैछ । प्रदेश अधिवेशनमा केन्द्रीय अधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि, जिल्लाका पदाधिकारी र पालिका अध्यक्षहरु समेत गरी करीब पाँच सय शिक्षकहरु मतदाताका रुपमा रहनु भएको छ ।
प्रकाशित मिति:
शुक्रबार, चैत ३, २०७९, १९:५८:००