काकरभिट्टा, चैत ३ । झापाकाे काकरभिट्टा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गरेसंग नेपाल विद्यार्थी संघ र नेकपा एस निकट अखिलका विद्यार्थीहरूले बिराेध जनाएका छन । निर्वाचन स्थगित गर्ने जानकारी गराउन आयाेजित पत्रकार सम्मेलनमा नै पुगेर नेविसंघ समर्थित विद्यार्थीहरूकाे समुहले प्रेस विज्ञप्ती कब्जामा लिई च्यातेकाे छ ।
नेविसंघका झापा अध्यक्ष संजय निराैलाकाे नेतृत्वमा पत्रकार सम्मेलनमा पुगेकाे विद्यार्थीहरूले क्याम्पस प्रशासन र निर्वाचन समितिका तर्फबाट पत्रकारलाई वितरण गर्न लागेकाे प्रेस विज्ञप्ती खाेसेर त्यातेर बिराेध जनाएकाे थियाे ।
`चैत ५ गते नै निर्वाचन गर्नु पर्छ,´ नेविसंघ जिल्ला अध्यक्ष निराैलाले भन्नुभयाे, `एमाले अखिलले जे गरे पनि हुन्छ र ? क्याम्पस प्रमुखले एमालेकाे नेताका रूपमा गतिविधि गर्नु भयाे ।´
काकरभिट्टा खानेपानी संस्थाकाे सभाहलमा आयाेजित पत्रकार सम्मेलनकै बिच विद्यार्थीहरूले क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीकाे राजिनामा समेत माग गर्दै नाराबाजी गरेका थिए ।
यसैबीच काकरभिट्टा बहुमुखी क्याम्पसका सञ्चालक समितिका दुइ जना सदस्यले राजिनामा दिएका छन । नेपाली काँग्रेस समर्थित दुर्गाप्रसाद सापकाेटा र रचना घिमिरेले चैत ५ गते नै निर्वाचन गर्ने सर्वदलिय सहमति हुदा हुदै पनि एउटा दल र त्यसकाे विद्यार्थी संगठनकाे अमर्यादित गतिविधिकै कारण निर्वाचन स्थगन गर्ने निर्णय गलत भएकाे भन्दै राजिनामा दिएकाे बताउनु भएकाे छ ।
सापकाेटा र घिमिरेले संयुक्त विज्ञप्ती जारी गर्दै आफैले गरेकाे निर्णय कार्यान्वयन नभए पछि नैतिकताका आधारमा राजिनामा दिएकाे उल्लेख गर्नु भएकाे छ ।
यस अघि असहज परिस्थिति उत्पन्न भएकाे भन्दै निर्वाचन स्थगित गर्ने क्याम्पस प्रशासनले निर्णय गरेकाे थियाे ।
प्रकाशित मिति:
शुक्रबार, चैत ३, २०७९, १७:५२:००