मेचीनगर, चैत्र १ । काँकरभिट्टा बहुमुखी क्याम्पस परिषर तनावग्रस्त भएको छ । स्ववियु निर्वाचनलाई लिएर विद्यार्थी संगठनहरु बिच झडप नै भएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेवि संघबिच झडप भएको जनाइएको छ । क्याम्पस गेटमा भएको बोर्ड अनेरास्ववियुले जलाउन खोज्दा नेवि संघले रोकेको थियो । उक्त विषयमा झडप भएको जनाइएको छ ।
झडपमा दुवै तर्फका विद्यार्थी सामान्य घाइते भएका छन् भने अनेरास्ववियुका २ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसअघि स्ववियु निर्वाचनको विषयमा विभिन्न माग राख्दै अनेरास्ववियुले क्याम्पसको मुल गेटमै ताला लगाएर धर्ना बसेको थियो ।
प्रकाशित मिति:
बुधबार, चैत १, २०७९, १३:४३:००