झापा,फागुन २९ । सरकारले रासायनिक मलमा दिदै आएको अनुदान कटौती गरे संगै सबै प्रकारका रासायिनक मलको मूल्य बढ्ने भएको छ ।
अनुदान कटौतीसँगै अब सबै प्रकारका रासायिनक मलको मूल्य साविकको भन्दा महँगो पर्न जाने भएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार २६ फागुन अघिको तुलनामा अब युरिया मल किलोमा ११ रुपैयाँ, डीएपी किलोमा ७ रुपैयाँ र पोटास किलोमा ९ रुपैयाँले महँगो भएको छ ।
मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार बढेको मूल्यअनुसार अब युरिया मलको प्रतिकिलो किसान मूल्य २५ रुपैयाँ, डीएपीको ५० रुपैयाँ र पोटासको ४० रुपैयाँ कायम भएको छ । यस अघि १४ रुपैयाँमा युरिया, ४३ रुपैयाँमा डीएपी र ३१ रुपैयाँ किलोमा पोटास किन्न पाइन्थ्यो ।
सरकारले रासयानिक मलमा किसानलाई दिंदै आएको अनुदान घटाउने नीति लिएअनुसार सरकारले दिने अनुदान घटाउँदा किसानलाई बेच्ने मूल्य बढेको मन्त्रालयले जनाएको छ । समयमा मल नपाउने समस्या झेल्दै आएका किसानहरु मुल्यमा बृद्धि भएसंगै दोहोरो मारमा पर्ने अवस्था देखिएको छ ।
प्रकाशित मिति:
सोमबार, फागुन २९, २०७९, १५:५६:००