झापा, फागुन २६ । नेपाल प्रेस युनियनकाे काेसी प्रदेस समितिकाे पदस्थापन कार्यक्रम सम्पन्न भएकाे छ ।
बिराटनगरमा हिजाे आयाेजित कार्यक्रमका बिच प्रेस युनियन काेसी प्रदेशकाे संस्थापक समितिका अध्यक्ष मिन कुमार नबाेदित सहित कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई प्रमाण पत्र बितरण गरी पदस्थापन गरिएकाे थियाे ।
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालकाे प्रमुख आतित्यथामा सम्पन्न पदस्थापन कार्यक्रममा लम्सालले प्रेस युनियनका जिल्ला शाखाहरूलाई चलायमान बनाउने काम प्रदेस समितिले गर्न निर्देशन समेत दिनुभएकाे थियाे ।
केन्द्रीय उपाध्यक्ष डिल्लिराम खतिवडाकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ माेरङका अध्यक्ष सञ्जीव घिमिरे, पत्रकार महासंघ प्रदेस उपाध्यक्ष हिमा चेम्जाेङ, प्रेस युनियन काेसी प्रदेसका अध्यक्ष मिनकुमार नबाेदित लगायतले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।
पदस्थापन कार्यक्रम युनियनका केन्द्रिय उपमहासचिव अभय राईले सञ्चालन गर्नु भएकाे थियाे । यसै बिच प्रेस युनियन काेसी प्रदेस समितिकाे कार्यालय पनि हिजै उदघाटन गरिएकाे छ । केन्द्रीय अध्यक्ष लम्सालले रिवन काटेर कार्यालयकाे उघाटन गर्नुभएकाे थियाे ।
प्रकाशित मिति:
शुक्रबार, फागुन २६, २०७९, ०७:१८:००