झापा, फागुन २४ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विरुद्धमा हत्या अभियोगसहितको मुद्धा दर्ता गरिएकोमा त्यसको प्रतिवाद गर्न १ नं क्षेत्रीय समन्वय समिति झापाले पार्टी कार्यकर्ताहरुलाई अपिल गरेको छ ।
नेकपा माओवादी केन्द्र १ नं क्षेत्रिय समन्वय समिति, झापाले यस्ता गलत क्रियाकलापको विरुद्धमा सशक्त प्रतिवाद गर्नका लागि पार्टीसम्वद्ध सबै संगठनलाई अपिल गरेको हो । यस्तो गलत निर्णय सच्याई बृहत शान्ति सम्झौताको अक्षरसः पालना गर्न समन्वय समतिले सचेत समेत गराएको छ ।
समिति संयोजक माधव अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘१० वर्षे महान जनयुद्ध र २०६२ ६३ को दोस्रो जनआन्दोलन र त्यसको जगमा सम्पन्न भएको बृहत शान्ति सम्झौता, अन्तरिम संविधान, पहिलो र दोस्रो पटक सम्पन्न संविधान सभाको निर्वाचन तथा संविधानसभाबाट निर्मित संघियता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक र लोकतान्त्रिक गणतन्त्रका आधारभुत संरचना सहितको वर्तमान नेपालको संविधान र अग्रगामी उपलब्धिहरु हुने कुनै पनि गतिविधिको घोर भत्र्सना गर्दै, सशक्त प्रतिवाद गरिने समेत सम्वद्ध सबैमा जानकारी गराइन्छ ।’

प्रकाशित मिति:
बुधबार, फागुन २४, २०७९, १६:५८:००