झापा, फागुन २३ । होली खेल्ने क्रममा उच्छृङ्खल गतिविधि गर्ने १६ जनालाई झापा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
मापदण्ड विपरित, मादक पदार्थ सेवन गरि सवारी चलाउने तथा होलीका नाममा उच्छृङ्खल गतिविधि गर्ने १५ पुरुष र १ महिलालाई नियन्त्रणमा लिइएको झापा प्रहरीका प्रवक्ता खगेन्द्र रिजालले सेतोपत्रलाई जानकारी दिनुभयो ।
साथै प्रहरीले ३ सय मोटरसाइकललाई पनि होल्ड गरेको छ । प्रवक्ता रिजालका अनुसार जिल्लाका विभिन्न क्षेत्रबाट २ पाङ्ग्रे ३ सय वटा, ३ पाङ्ग्रे ५ वटा तथा ४ पाङ्ग्रे सवारी ५ वटा होल्डमा राखिएको हो ।
नियन्त्रणमा लिइएका सवारी र मानिसलाई आजै साँझ छाडिने पनि उहाँले बताउनुभयो । ‘जिल्लामा समग्र रुपमा होली मर्यादित नै बन्यो अहिलेसम्म ठुलो दुर्घट्ना भएको छैन ।’ उहाँले भन्नुभयो ‘नियन्त्रणमा लिइएका लाई साँझ छाडिनेछ ।’
प्रकाशित मिति:
मंगलबार, फागुन २३, २०७९, १७:४६:००