झापा, फागुन २३ । आज तराई क्षेत्रमा रंगहरुको पर्व होली हर्षोल्लासका साथ मनाइँदै छ । विशेष पर्व होलीको अवसरमा सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।
हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लास पूर्वक मनाउने गरिन्छ ।
जसअन्तर्गत आज तराई तथा भित्री मधेसका जिल्लाहरूमा होली मनाइँदैछ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ ।
प्रकाशित मिति:
मंगलबार, फागुन २३, २०७९, ०६:१३:००