झापा, फागुन १९ । नेकपा एमाले झापाका उपसचिव चन्द्रमाया श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ । भद्रपुर नगरपालिकाको निवर्तमान उपप्रमुख समेत रहुन भएकी श्रेष्ठले आज पत्रकार सम्मेलनको आयोजना गरी नेकपा एमाले परित्याग गरेको घोषणा गर्नु भएको हो ।
श्रेष्ठले एमाले भित्र कार्यकर्ताहरुको कामको मुल्याकंन हुन छोडेको र नेतृत्व एकल कम्पनी जस्तो भएर अगाडी बढेको हुनाले पार्टीमा बस्ने वातावरण नभएकाले पार्टी परित्याग गर्नु परेको बताउनु भयो । आफु जिल्लाको उपसचिव भए पनि पार्टीका जिम्मेवार बैठकहरुमा समेत नबोलाउने र गुटगत बैठक बसेर पार्टी चलाउने परिपार्टी भएकाले पनि एमालेमा बस्ने अवस्था नभएको श्रेष्ठले पत्रकार सम्मेलनमा बताउनु भयो ।
एमाले भित्र दलाली र चाकडी हाबी भएर इमान्दार कार्यकर्ताले उठाएका कुराको कुनै सुनुवाई नहुने जस्ता पार्टी छोड्नु पर्ने विभिन्न १९ बुँदे कारणहरु लिखित रुपमा सर्वाजनिक गर्दै आजकै दिनदेखि स्वतन्त्र नागरिकका रुपमा रहने श्रेष्ठले बताउनु भयो । झापा भद्रपुर निवासी श्रेष्ठ झापाका स्थापित अधिवक्ता समेत हुनुहुन्छ ।
प्रकाशित मिति:
शुक्रबार, फागुन १९, २०७९, १५:५९:००