झापा, फागुन १६ । ट्राइब्रेकर मार्फत जित निकाल्दै प्रथम भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीले उचालेको छ । मेची रंगशालामा भरखरै सम्पन्न खेलमा पेनाल्टी शुट आउट मार्फत मछिन्द्रलाई ४-३ ले पराजित गर्दै आर्मीले उपाधि कब्जा गरेको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा दुवैतर्फबाट गोल हुने सकेन, खेल अतिरिक्त समयतर्फ धकेलियो । दुवै तर्फबाट भएका अनेक प्रयास विफल भए ।
तर १४ मिनेट थप गरिएको अतिरिक्त समयमा समेत गोल नभएपछि खेलको निर्णय ‘पेनाल्टी सुट आउट’बाट लिनुपरेको हो । जसमा आर्मीले संघर्षपुर्ण जित निकाल्दै उपाधि उचाल्न सफल बन्यो ।
उपाधिसगैँ आर्मीले नगद १३ लाख ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपबिजेतामा सिमित बनेको मछिन्द्रले नगद ७ लाख ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।
गत ७ गतेबाट जारी गोल्डकपमा तीन विदेशी टोलीसहित १० टिमको सहभागिता रहेको थियो ।
प्रकाशित मिति:
मंगलबार, फागुन १६, २०७९, १७:४१:००