झापा, फागुन १६ । जारी भद्रपुर झापा गोल्डकपको फाइनल खेलको निर्धारित समय भरखरै गोलरहित बराबरीमा सकिएको छ ।
दुवै टिमबाट गोल भएको छैन । निर्धारित समय सकिएसगैँ खेल अतिरिक्त समय तर्फ गएको छ । १४ मिनेट अतिरिक्त समय थपिएको छ ।
खेलमा रेड कार्ड पाउँदै दुवै टिमका खेलाडि मैदानबाट बाहिरिएका छन् । दुवै टिम १० खेलाडिमा सिमित बनेको छ ।
गोल्डकपको उपाधिका लागि अहिले दुई शसक्त टिम ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लब र विभागिय टोली त्रिभुवन आर्मी क्लब बिच प्रतिष्पर्धा भइरहेको छ ।
प्रकाशित मिति:
मंगलबार, फागुन १६, २०७९, १७:०७:००