झापा, फागुन १६ । जारी भद्रपुर झापा गोल्डकपको फाइनल खेलमा दुई खेलाडि मैदानबाट बाहिरिएका छन् ।
फाइनल खेल अहिले जारी छ । जसमा दुवै तर्फका खेलाडिले रातो कार्ड पाएका छन् । रातो कार्ड पाउने खेलाडिमा आर्मीका तर्फबाट जर्सी नं २५ का सुदिल रार्इ र मछिन्द्रका तर्फबाट जर्सी नं ३ का ओमोलाजा करिम रहेका छन् ।
उनीहरु मैदानबाट बाहिरिएका छन् । जससगैँ दुवै टिम १० खेलाडिमा सिमित बनेको छ । उपाधिका लागि अहिले दुई शसक्त टिम ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लब र विभागिय टोली त्रिभुवन आर्मी क्लब बिच प्रतिष्पर्धा भइरहेको छ । खेलमा कुनै गोल हुन सकेको छैन ।
प्रकाशित मिति:
मंगलबार, फागुन १६, २०७९, १६:४९:००