झापा, फागुन १६ । प्रथम भद्रपुर झापा गोल्डकपको उपाधिका लागि अहिले दुई शसक्त टिम ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लब र विभागिय टोली त्रिभुवन आर्मी क्लब बिच प्रतिष्पर्धा भइरहेको छ ।
मेची रंगशालामा जारी खेलको पहिलो हाफ भरखरै सकिएको छ । जसमा दुवैतर्फबाट गोल हुन सकेन । खेलमा कतैबाट पनि गोल भएको छैन, खेल अहिले जारी छ ।
गत ७ गतेदेखि सुरु भएको गोल्डकप आज समापन हुनेछ । तीन विदेशी टोलीसहित १० टिमको सहभागिता रहेको गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।
प्रकाशित मिति:
मंगलबार, फागुन १६, २०७९, १६:०१:००