झापा, फागुन १६ । क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति सहित सर्बोच्च अदातलले फैसाल सुनाउँदा त्यसको कारण समेत खुलाएर सर्बोच्चले व्याख्या गरेको छ । लामिछानेलाई विदेश जान लगाइएको रोक फुकुवा गर्दा सर्वोच्च अदालतले पीडितको शरीरमा वीर्य नभेटिएको बताएको छ । अभियुक्तले दुई पटक करणी गरेको भनेर पीडितले उजुरी दिएको भए पनि पीडितको शरिरमा अभियुक्तको वीर्य नभेटिएको र पीडितसंग एउटै कोठामा बस्ने साथीको बकपत्रलाई समेत आधार मानेर सन्दीपको पक्षमा सर्बोच्चले फैसला गरेको छ ।
न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सन्दीपको मुद्दामा सोमबार उच्च अदालतको धरौटी माग्ने लगायतका आदेश सदर गरेको छ भने उनलाई विदेश जान लगाइएको रोक समेत फुकाएको छ ।
‘निज पीडितले आफ्नो व्यहोरा कथनमा प्रतिवादीले आफूलाई दुईपटक करणी गरेको र ट्वाइलेट पेपर मुखमा फ्याँकेको भने पनि प्रतिवादीको वीर्ययुक्त तथ्य प्रमाण केही वारदात हुन सकेको पाइँदैन,’ आदेश पढ्दै सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले भन्नुभयो, ‘पीडितको योनीमा सिमेन वा स्पर्म फेला नपरेको भनी नेसनल पुलिस फरेन्सिक साइन्स ल्याबरोटरीको पत्रबाट देखिन आउँछ ।’
घट्ना भएको दुई साता पछि मात्रै उजुरी परेको र त्यस पछि मात्रै पीडितको स्वास्थ्य परीक्षण भएको भन्ने बिषयमा भने सर्बोच्च अदालतले केही बोलेको छैन । लामो समय पछि मात्रै स्वास्थ्य परीक्षण भएकाले पीडितको शरीरमा अभियुक्तको वीर्यको प्रमाण नभेटिनु स्वाभाविक हुने जानकारहरु बताउँछन ।
जानकारहरुका अनुसार बलात्कार भएको हुन सक्ने भनेको कुरालाई नजरअन्दाज गरेर घटना भएको दुई सातापछि पीडितको शरीरमा वीर्य नभेटिएको स्वाभाविक कुरालाई आधार मानेर सर्बोच्चको आदेश आएको छ ।
प्रकाशित मिति:
मंगलबार, फागुन १६, २०७९, ०९:२१:००