झापा, फागुन १२ । झापामा हात्तीपाइले रोगबाट प्रभावित विरामीको संख्या करिब ३ सयको हाराहारीमा रहेको पाइएको छ ।
स्वास्थ्य कार्यालय झापाले उपलब्ध गराएको जानकारी अनुसार जिल्लामा १ सय ४६ जना हात्तीपाइले रोगबाट ग्रसित हाइड्रोसिलका बिरामी रहेका छन् भने १ सय ४० जना खुट्टा सुनिएका र ६ जना शरिरका विभिन्न भाग सुनिएका बिरामी रहेका छन् ।
कार्यालयका अनुसार यो तथ्यांक अघिल्लो बर्षको आम औषधि अभियान सञ्चालन गर्दा लिइएको हो । यस बर्षको यकिन तथ्यांक भने कार्यालयसगँ नभएको स्वास्थ्य कार्यालय झापाका फेकल पर्शन बिश्वनाथ श्रेष्ठले सेतोपत्रसगँ बताउनुभयो ।
उहाँका अनुुसार जिल्लाका १५ वटै पालिकामा हिजोबाट हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान समेत सञ्चालन भइसकेको छ ।
९ लाख भन्दा धेरै मानिसलाई औषधि खुवाउने उद्देष्यका साथ अभियान शुरु गरिएको उहाँले बताउनुभयो । अभियान २ सातासम्म सञ्चालन हुनेछ । झापाका १५ वटा पालिकामा यो अभियान अन्तरगत एक करोड ५० लाख रकम आएको पनि उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति:
शुक्रबार, फागुन १२, २०७९, १०:४५:००