झापा, माघ २८ । मेचीनगर १० स्थित आम्दा मेची अस्पताल धुलाबारीमा २२ लाख बढी मुल्य बराबरको स्वास्थ्य उपकरण थपिएको छ । अस्पताललाई सुविधा सम्पन्न बनाउँदै स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन शुक्रबार आम्दा मेची अस्पतालमा नयाँ उपकरण भित्र्याइएको हो ।
गत साउन ११ गते मेचीनगर प्रमुख बुढाथोकी, संविधान सभा सदस्य रविन कोइराला, मेची उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष ऋृषि तिम्सिनालगायतको टोली काठमाडौं गई आम्दा नेपालका प्रमुखहरुसंग भेटेर अस्पताल व्यवस्थित बनाउँदै मेचीनगर क्षेत्रमा प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्ने बिषयमा छलफल गरेको थियो । त्यही छलफलबाट १५शैय्याको अस्पताललाई निकट भविष्यमा नै ५० शैय्यामा स्तर बृद्धि गर्ने उदेश्य अगाडी बढाइएको थियो ।
त्यही छलफल अनुसार अहिले अस्पतालमा नयाँ उपकरणहरु थप भइरहेका छन् । थप भएका उपकरणहरुमा २० लाख मुल्य बराबरको युएसजी मेसिन तथा २ लाख मुल्य बराबरको माइनर ओटीका सामाग्री र एएनसी चेकअपका लागि आवश्यक उपकरण रहेको अस्पताल प्रशासनले जनाएको छ ।
प्रकाशित मिति:
शनिबार, माघ २८, २०७९, ०६:५०:००