झापा, माघ २५ । झापाको बिर्तामोडमा अत्याधुनिक स्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा आएको छ । बिषेश प्रकारका हर्मोन लगायत अन्य परीक्षण गर्ने गरी बिर्तामोडस्थीत श्रीकृष्ण कम्प्लेक्समा लाईफ क्वेष्ट क्लिनिकल ल्याब शनिबारदेखि सञ्चालन गरिएको हो ।
बिर्तामोडका अस्पताल र क्लिनिकहरुका नमूना संकलन गरेर काठमाण्डौ पठाउने जटिल प्रकृतिका परिक्षणहरु समेत अब बिर्तामोड गर्ने गरी लाईफ क्वेष्ट ल्याब सञ्चालन गरिएको सञ्चालक राकेश पोखरेलले बताउनु भयो ।
रगतका सबै प्रकारका परिक्षण सहित अन्य विभिन्न प्रकारका परिक्षण गर्न अत्याधुनिक मेसिन सहितको उपकरणहरु जडान गरिएकाले विश्वस्तरिय परिक्षण हुने समेत पोखरलले बताउनु भयो ।
प्रकाशित मिति:
बुधबार, माघ २५, २०७९, ०७:५०:००