आज विश्व क्यान्सर दिवस । नेपालीमा अबुर्द रोग भनिने क्यान्सर बिरुद्ध लड्न संसारभरिका सबैजना एैक्यवद्धरुपमा चेतना भर्ने दिनका रुपमा आजको दिनलाई मनाउने गरिएको छ ।
हरेकवर्ष लाखौं मानिसहरूको क्यान्सरका कारणले हुने मृत्यु कम गर्दै धेरैलाई जागरण अनि उपचारका माध्यमबाट जोगाउने हेतूले फेब्रुअरी ४ मा क्यान्सर दिवस मनाईन्छ । विश्वका धेरै परिवारले विभिन्न प्रकारका क्यान्सरको कारणले आफन्त, साथीभाई र छिमेकी गुमाएको अवस्थालाई स्मरण गर्दै क्यान्सर रोग लाग्न नदिन र लागि हाले बेलैमा उपचार गरेर जीवन बचाउन सकिन्छ भन्ने सन्देश दिने किसिमका विभिन्न कार्यक्रम गरी दिवस मनाउने गरिएको छ ।
प्रविधिको विकाससंगै क्यान्सर रोग लागेकाले लाखौं मानिसले उपचार पछि जीवनलाई पुरानै लयमा फर्काएका छन । अहिले क्यान्सरको भरपर्दो उपचार सेवा उपलब्ध भएकाले पनि क्यान्सरकै कारण मृत्यु हुनेको संख्या भने घट्दै गएको छ ।
क्यान्सर भएको शुरुमै थाहा पाउने हो र उपचारलाई नियमित गर्ने हो भने मृत्युलाई टार्न सकिने विज्ञहरु बताउँछन । तुलनात्मक रुपमा क्यान्सरको उपचार महँगो भएकाले भने सर्व साधारणले भने चाहेर पनि उपचार गर्न नसक्ने अवस्था भने विद्यमान नै छ । क्यान्सर लगायत महँगा रोगको उपचारमा सरकारले बिषेश सुविधा उपलब्ध गराउनु पर्ने जानकारहरु बताउँछन ।
प्रकाशित मिति:
शनिबार, माघ २१, २०७९, ०६:५४:००