झापा, माघ १६ । अधिकमास परेका कारण २०८० सालको चाडपर्व पछाडी धकेलिएका छन । यो वर्ष साउनमा अधिकमास अर्थात् मलमास परेका कारण हिउँदका चाडपर्व सरेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलका अनुसार यो वर्ष साउन २ गते देखि ३१ गतेसम्म अधिक मास रहनेछ ।जसका कारण २०८० सालको दशैँ कात्तिकमा पुगेको छ । घटस्थापना असोज २८ गते आइतबार छ भने दशैँको टीका (विजयादशमी) कात्तिक ७ गते मंगलबार परेको छ।
तीजपर्व असोजको १ मा पुगेको छ।सोह्र श्राद्ध असोज १३ गते सुरु भई २७ सम्म रहनेछ। तिहारको लक्ष्मीपूजा कात्तिक २६ गते परेको पञ्चांगहरूमा उल्लेख छ।भाइटीका कात्तिक २९ गते परेको छ। छठपर्व मंसिर ३ गते पुगेको छ।
प्रकाशित मिति:
सोमबार, माघ १६, २०७९, ०७:२२:००