झापा, माघ १६ । मेची उद्योग वाणिज्य संघ मेचीनगरको निर्वाचनका लागि आज उम्मेद्वारी दर्ता हुदैछ ।
व्यवसायिहरूको संस्था भए पनि राजनितिक दलको प्रत्यक्ष हस्तक्षेपमा चयन भएका उम्मेद्वारहरूले नै आज दर्ता गर्ने बुझिएको छ । काँग्रेसले काकरभिट्टाका व्यवसायी मोहन निरौलालाई अध्यक्ष उम्मेद्वार बनाउने भएको छ भने नेकपा एमालेले अन्य दलहरूसंग गठबन्धन गरी उम्मेद्वारी दर्ता गर्ने तयारी गरेको बुझिएको छ ।
धुलाबारीका व्यवसायि खेम प्रसाईलाई अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको एमालेले अन्य पदहरू गठबन्धन दलसंगको सहकार्यमा आज दर्ता गर्ने एमालेस्रोतले बताएको छ । एक हजार ८ सय मतदाता रहेको वाणिज्य संघको आगामी कार्य समिति चयनका लागि माघ २१ गते निर्वाचन हुदैछ ।
प्रकाशित मिति:
सोमबार, माघ १६, २०७९, ०७:१०:००