झापा, माघ १६ । प्रजातन्त्रवादी पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको प्रदेश १ अध्यक्षमा मोरङका मिनकुमार श्रेष्ठ चयन हुनु भएको छ ।
हिजो बिराटनगरमा सम्पन्न प्रेस युनियनको पहिलो प्रदेश अधिवेशनबाट उपाध्यक्षमा झापाका ज्ञानेन्द्र निरौला सहित २५ सदस्यीय कार्य समिति र तीन सदस्यीय लेखा समिति सर्वसम्मत चयन भएको हो । उपाध्यक्षमा निर्वाचित निरौला रेडियो मन्त्र झापाका कार्यकारी निर्देशक तथा सेतोपत्र डटकमका सम्पादक हुनुहुन्छ ।
त्यस्तै महिला उपाध्यक्षमा उदयपुरकी जयन्तीकला तामाङ र समावेशी उपाध्यक्षमा भोजपुरकी शारदा तामाङ चयन हुनु भएको छ ।युनियनको महासचिवमा सुनसरीका सञ्जीव वाग्ले, सहचिवमा सुनसरी कै विनय बाराकोटी , उदयपुरका सरोज निरौला र पाँचथरका सरला रेग्मी र कोषाध्यक्षमा धनकुटाका कविराज घिमिरे चयन हुनु भएको छ ।
त्यस्तै लेखा समिति संयोकमा पाँचथरका लक्ष्मी गौतम सर्वसम्मत निर्वाचित हुनु भएको छ ।कार्य समिति सदस्यहरू झापाबाट कल्पना कडरिया र खेमराज बराल तथा लेखा समिति सदस्यमा झापाका पद्मसुन्दर लामिछाने चयन हुनु भएको प्रेस युनियनका नव निर्वाचित प्रदेश उपाध्यक्ष निरौलाले जानकारी दिनु भयो ।
प्रकाशित मिति:
सोमबार, माघ १६, २०७९, ०६:५९:००