झापा, माघ १२ । काठमाण्डौमा आत्मदाहका कारण मृत्यु भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका बिषयमा सरकारको ध्यानाकर्षण गराउन झापाको काकरभिट्टामा युवाहरुले शान्तिपुर्ण प्रदर्शन गरेका छन । परिवर्तन थिएटर र क्रिएटिम सि नेपालको संयुक्त अगुवाईमा युवाहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड सहित मौन र्याली सहित केही बेर प्रर्दशन गरेका थिए ।
राज्य संयन्त्रले दिएको हैरानी र विभिन्न अवरोधका कारण देशमै उद्यम गर्नु पर्छ भनेर व्यवशायमा लागेका युवा आचार्यको आत्मदाह सामान्य विषय नभएकाले त्यस प्रति सरकारको गम्भिर ध्यानाकर्षण गराउन शान्तिपुर्ण गरेको परिवर्तन थिएटरकी संस्थापक तथा रंगकर्मी कविता नेपालले बताउनु भयो ।
‘आज इलामका युवा आचार्यले आत्मदाह गर्दा हामी नबोल्ने हो भने भोलि हामी जस्ता कैयौंले आत्मदाह गर्नु पर्ने दिन आउन सक्छ,’ क्रिएटिम सि नेपालकी संस्कृति रिजालले भन्नुभयो, ‘अब राज्य संयन्त्रको पुर्नसंरचनाका लागि सबैले आवाज उठाउनु पर्छ ।’ युवाहरुको शान्तिपुर्ण प्रदर्शनमा पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधि र स्थानीयहरु स्वतस्फुर्त रुपमा सहभागि भएका थिए ।

प्रकाशित मिति:
बिहिबार, माघ १२, २०७९, १८:५१:००