झापा, माघ ११ । आत्मदाहको प्रयास गर्नु भएका इलामका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । इलाम सुर्योदय नगरपालिका वडा नं. ११ का ३६ बर्षिय आचार्यले हिजो नयाँ वानेश्वरस्थित संघीय संसद भवनअगाडि आत्मदाहको प्रयास गर्नु भएको थियो ।
आत्मदाहको प्रयासपछि गम्भिर घाइते हुनु भएका आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहे थियो । पेट्रोल हालेर आत्मदाह गर्नु भएका आचार्यको शरीरको ८० प्रतिशत भाग जलेको थियो । उपचारकै क्रममा आज विहान आचार्यको मृत्यु भएको बताइएको छ ।
आचार्यले आत्मदाह गर्नु अघि आफुले भोगेको पिडा, राज्य संयन्त्रले दिएको हैरानी लगायतका बिषयमा निक्कै लामो र मर्मस्पर्शी फेसबुक स्टाटस लेख्नु भएको थियो ।
प्रकाशित मिति:
बुधबार, माघ ११, २०७९, ०८:५०:००