झापा, माघ ११ । झापा मेचीनगरको एउटा सामाजिक संस्थाले तीन वटा फरक फरक विधाका व्यक्तित्वलाई एकै पटक सम्मान गर्न लागेको छ । मेचीनगर ११ स्थीत लाल भागिरथा बानियाँ प्रतिष्ठानले असल किसान, असल बुहारी र विश्वकिर्तिमानधारी मेमोरी किङलाई एकै ठाउँमा सम्मान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
असल किसानका रुपमा मेचीनगर १२ का अर्गानिक खेती गर्ने मञ्जुल मेचे, असल बुहारीका रुपमा मेचीनगर–११ की असल गृहिणी दुर्गादेवी काफ्ले र प्रतिभा सम्मानका रुपमा मेमोरी किङ झापा भद्रपुरका अर्पण शर्मालाई सम्मानित गरिने प्रतिष्ठानका अध्यक्ष हरिचन बानियाँले हिजो आयोजित पत्रकार सम्मेलनमा बताउनु भयो ।
प्रतिष्ठानले हिजो धुलाबारीमा आयोजना गरेको पत्रकार सम्मेलन दिइएको जानकारी अनुसार माघ १७ गते मेचीनगर ११ स्थीत जालपा सामुदायिक भवनमा आयोजित कार्यक्रममा तीनै जना व्यक्तित्वहरुलाई एउटै मञ्चमा सम्मान गरिने भएको हो । सम्मानित व्यक्तित्वहरुलाई जनही नगद ३१ हजार रुपैयाँ र कदर पत्रले सम्मान गर्ने प्रतिष्ठानका अध्यक्ष बानियाँले बताउनु भयो ।
पुरस्कारका लागि प्रतिष्ठानले १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको प्रतिष्ठानले सामाजिक क्षेत्रका प्रेरक व्यक्तिहरुलाई कदर गर्न विगत चार वर्षदेखि यस्तो सम्मान दिँदै आएको छ । पत्रकार सम्मेलनमा प्रतिष्ठानका उपाध्यक्ष मनोज बानियाँ, सल्लाहाकारहरु मोहन बानियाँ र हरि बानियाँ लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति:
बुधबार, माघ ११, २०७९, ०८:१५:००