झापा,माघ ८ । सोनाम ल्होछारको अवसर पारेर प्रदेश १ का सासंद गोपाल तामाङलाई सम्मान गरिएको छ ।
२८५९ औ सोनाम ल्होछारको अवसर पारेर झापाको काकरभिट्टामा नेपाल तामाङ घेदुङ संघद्धारा आयोजित शुभकामना आदन प्रदान कार्यक्रममा झापा क्षेत्र नम्बर १ को ( क) बाट निर्वाचित सासंद तामाङलाई सम्मान गरिएको हो ।
तामाङ समुदायको प्रतिनिधित्व गर्दै प्रदेश सांसद भएकोले तामाङलाई सम्मान गरिएको नेपाल तामाङ घेदुङ संघ मेचीनगरका अध्यक्ष राम तामाङले जानकारी दिनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका सांसद तामाङले सोनाम ल्होछारले नेपालीलाई एकताबद्ध गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ संघको पुर्व केन्द्रिय सदस्य बिना तामाङ, बालाजित राइ लगायतले शुभकामना मन्तवय राख्नुभएको थियो ।
कार्यक्रममा तामाङ संस्कृति झल्कने गित तथा नृत्य प्रर्दशनी गरिएको आयोजक समितीका बिशाल तामाङले जानकारी दिनुभयो ।
प्रकाशित मिति:
आईतबार, माघ ८, २०७९, १३:५८:००