काकरभिट्टा, माघ ८ । मेचीनगरका पत्रकारलाई ज्यानमार्ने धम्की दिने युवा बिरुद्ध प्रहरीमा जायरी दर्ता भएको छ । पत्रकार मुक्ति पौडेल र खगेन्द्र घिमिरेलाई समाचार लेखेकै बिषयलाई लिएर टेलिफोन मार्फत ज्यानमार्ने धम्की दिने मेचीनगर ४ बाहुनडाँगीका युवाहरु विकास प्रधान, कञ्चन उप्रेती, सन्तोस सुवेदी र राजेश थापा बिरुद्ध पत्रकारद्वय मुक्ति पौडेल र खगेन्द्र घिमिरेले इलाका प्रहरी कार्यालय काकरभिट्टामा आज किटानी जायरी दिनु भएको हो ।
सिमानामा यात्रुले पाएको सास्ती र सिमा सुरक्षामा खटिएको शसस्त्र प्रहरीको सुरक्षाकर्मीले गरेको अमर्यादित कार्यका बिषयमा समाचार लेखेकै कारण बाहुनडाँगीका युवाको समूहले आफुहरुलाई धम्की दिए पछि असुरक्षीत महसुस गरी त्यस्ता व्यक्तिहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउन पनि प्रहरीलाई जायरी दिएको पत्रकार पौडेलले बताउनु भयो ।
जायरी आए पछि प्रक्रिया पुर्याएर जायरीमा किटान भएका व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान गर्ने र मुद्दा दर्ता गर्ने कानूनी व्यवस्था रहेको इलाका प्रहरी काकरभिट्टाले जनाएको छ । केही दिन अघि समचारका बिषयलाई लिएर पत्रकार घिमिरेलाई टोलिफोन गरेर समाचार किन लेखेको भन्दै मारेर जमिनमा गाड्ने भन्दै ति युवाहरुले धम्की दिएका थिए ।
पत्रकारलाई ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्न प्रेस क्लबको माग
प्रकाशित मिति:
आईतबार, माघ ८, २०७९, १३:०४:००