झापा, माघ ८ । झापाकी इन्दीरा रानामगर उपसभामुखमा निर्वाचित हुनु भएको छ । उपसभामुख चयनका लागि प्रतिनिधि सभामा हिजो भएको निर्वाचनमा रानामगरको पक्षमा १६६ मत प्राप्त गरी उपसभामुख चयन हुनु भएको हो ।
झापा अर्जुनधारा वडा नं. ११ निवासी रानामगर राष्ट्रीय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद चयन हुनु भएको थियो । बन्दी सहायता गृहकी संस्थापक समेत रहनु भएकी रानामगरले कारागारमा रहेका अभिभावकका छोराछोरीलाई अध्ययन सहितको लालन पालनमा काम गर्दै आउनु भएको छ । सामाजिक क्षेत्रमा अगुवा मानिनु हुने रानामगरले संसदको पहिलो यात्रामा नै उपसभामुख पद प्राप्त गर्नु भएको छ ।
यस अघि प्रतिनिधि सभाको सभामुखमा समेत झापा बिर्तामोडका एमाले सांसद देवराज घिमिरे चयन हुनु भएको छ । घिमिरे झापा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुनु हुन्छ ।
प्रकाशित मिति:
आईतबार, माघ ८, २०७९, ०७:०६:००