झापा, माघ ४ । झापाका साहित्यीक स्रष्टा मिलन कुमार ढुंगानाको नयाँ कृति एक थान जिन्दगी गजल संग्रह तयार भएको छ । मिलन सरका नामले परिचित ढुंगानाको गजल संग्रह एक थान जिन्दगीमा १११ वटा गजलहरु रहेको पुस्तकका लेखक ढुंगानाले बताउनु भयो ।
४७ प्रकारका प्रचलित तथा कम प्रचलित कठिन बहरहरू र विभिन्न मात्राका मीर बहरको प्रयोग भएका गजलहरु एक थान जिन्दगीमा समेटिएको ढुंगानाले बताउनु भयो ।
प्रा.डा. घनश्याम न्यौपानेले भुमिका लेख्नु भएको पुस्तकमा साहित्यकारहरु कृष्ण धरावासी, चुडामणी रेग्मी, बुँद राना र आवाज शर्माको शुभकामना समेत छापिएको छ । १३४ पेजको पुस्तकको कभर डिजाइन झापाली स्रष्टा पवन राजबंशीले गर्नु भएको छ ।
यही माघ ७ गते शनिबारका दिन सांशक प्रतिष्ठान मेचीनगरले एक कार्यक्रमको आयोजना गरी पुस्तक बिमोचन गर्ने तय भएको लेखक ढुंगानाले जानकारी दिनु भयो ।
प्रकाशित मिति:
बुधबार, माघ ४, २०७९, १५:०९:००