झापा, माघ ४ । नेपाल प्रेस युनियनकाे प्रदेश १ काे पहिलाे अधिवेशन माघ १३ र १४ गते बिराटनगरमा हुने भएकाे छ ।
प्रजातान्त्रीक विचारधाराका पत्रकारहरूकाे छाता संस्था प्रेस युनियनकाे प्रदेश अधिवेशनकाे मिति तय भएसंगै विभिन्न पदका आकाक्षीहरूकाे सक्रियता समेत बढेकाे छ ।
युनियनकाे प्रदेश नेतृत्वका लागि अहिलेसम्म पाँच जनाले उम्मेद्वारी घाेषणा गरी सकेका छन । तेह्रथुमका उद्धव तिम्सिना, माेरङका कुमार लुइटेल र मिनकुमार नवाेदित, सुनसरीका चेतन धमला र पवन अधिकारी अध्यक्षका दाबेदार हुनुहुन्छ ।
त्यस्तै महासचिवमा झापाका ज्ञानेन्द्र निराैलाले उम्मेद्वारी घाेषणा गर्नु भएकाे छ भने सचिवमा पाँचथरका लक्ष्मी गाैतम र इलामका ताेयानाथ भट्टराईकाे दाबेदारी छ । काेषाध्यक्षमा धनकुटाका कविराज घिमिरेले उम्मेद्वारी घाेषणा गर्नु भएकाे छ ।
यस अघि पुस २३ र २४ गते गर्ने भनिएकाे युनियनकाे प्रदेश अधिवेशन स्थगित भएकाे थियाे ।
प्रकाशित मिति:
बुधबार, माघ ४, २०७९, ०८:०७:००