झापा,माघ ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बिस्तार गर्नुभएको छ । सत्ता साझेदार दलहरू माओवादी केन्द्र सहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १२ जना मन्त्री र तीनजना राज्यमन्त्रीले शपथ लिएका छन ।
राष्ट्रपति बिद्या देवी भण्डारीले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिनुभएको छ । माओवादीबाट रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि,सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नुभएको छ । त्यस्तै सुशीला श्रीपालीले पर्यटन राज्यमन्त्रीका रुपमा शपथ लिनुभएको छ ।
त्यस्तै एमालेबाट डा. विमला राई पौडेल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र हरि उप्रेतीले रक्षामन्त्रीको रुपमा शपथ लिनुभएको छ । त्यस्तै राप्रपा बाट विक्रम पाण्डेले सिंचाई मन्त्री तथा ध्रुवबहादुर प्रधानले कानुन मन्त्रीको रुपमा शपथ लिनुभएको छ । राप्रपाबाटै दीपक सिंह उर्जा राज्यमन्त्री बन्नुभएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल श्रम तथा शिशिर खनाल शिक्षा मन्त्री बन्नुभएको छ । यस्तै तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको रुपमा शपथ लिनुभएको छ ।
प्रकाशित मिति:
मंगलबार, माघ ३, २०७९, १३:३८:००