झापा, माघ ३ । उपप्रधान तथा उर्जा मन्त्री बन्न लाग्नु भएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफु मन्त्रीका रुपमा खरो उत्रने बताउनु भएको छ । सेतोपत्रसंग कुरा गर्दै लिङदेनले भन्नुभयो, ‘मन्त्री भए पछि घुस खाने, काम नगर्ने भन्ने आम सोचाई भएको छ म त्यसो गर्दिन र आफ्नो जिम्मेवारीमा खरो उत्रन्छु ।’
मन्त्रीको सपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय जाँदै गर्दा कुराकानी गर्दै प्रभावकारी कार्यसम्पादन गर्न कठिन छ तर पनि आफु त्यसका लागि तयार रहेकाले आम नागरिकको पक्षमा काम गर्ने लिङदेनले बताउनु भयो । झापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य हुनु भएका लिङदेनले सबैको सहयोगका लागि समेत आम नागरिकमा अपिल गर्नु भएको छ ।
प्रकाशित मिति:
मंगलबार, माघ ३, २०७९, ११:४१:००