झापा,माघ २। यती एयरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनाका मृतकको शव आफन्तलाई बुझाउन सुरु गरिएको छ । आज शवको पोष्टमार्टम पछि आफन्तलाई बुझाउन थालिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विज्ञप्ति जारी गरि यसबारेमा जानकारी गराएको छ। पोखरा र आसपासका व्यक्तिको शव आफन्तलाई बुझाइने छ। शव बुझन मृतकका आफन्तजन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम गृह अगाडि जम्मा भएका छन । एउटा शव पोष्टमार्टम गर्न आधादेखि डेढ घटासम्म समय लाग्ने अस्पतालले जनाएको छ।
दुर्घटनामा निधन भएका ६९ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान हुन नसकेका शवहरू काठमाडौंस्थित शिक्षण अस्पतालमा पठाइनेछ। दुर्घटनामा परेका ३ जना अझै बेपत्ता छन्।
बेपत्ता रहेका मध्ये आज १ जनाको शव भेटिएको र अन्य ३ जनाको खोजी कार्य चलिरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।

प्रकाशित मिति:
सोमबार, माघ २, २०७९, १६:४३:००