झापा, माघ २ । २५ आँै राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज विभिन्न अनौपचारिक कार्यक्रम गरेर मनाइँदैछ । वि.सं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको सम्झनामा प्रत्येक वर्ष माघ २ गते यो दिवस मनाइँदै आएको छ । तर यस वर्षको राष्ट्रिय भूकम्प सुरक्षा दिवसका औपचारिक कार्यक्रम भने स्थगित भएका छन् ।
विमान दुर्घटनाको शोकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने अध्यक्ष रहेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले आज मनाउने तयारी गरेको २५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस पनि स्थगित गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति:
सोमबार, माघ २, २०७९, १२:०८:००