नवलपरासी, पुस ३० । नवलपरासीकाे भुमहीमा आयाेजित एउटा कार्यक्रम दलित पञ्चकन्याहरूले उदघाटन गर्नु भएकाे छ । मानव अधिकार तथा शान्ति समाजकाे २५ ओैं राष्ट्रिय परिषद बैठककाे उदघाटन दलित पञ्चकन्याबाट गरिएकाे थियाे ।
संविधानले स्थापित गरेकाे दलित अधिकारलाई व्यवहारिक कार्यान्वयनका लागि सचेतनाका लागि दलित पञ्चकन्याबाट कार्यक्रमकाे उदघाटन गरिएकाे शान्ति समाजका केन्द्रीय सभापति गाेबिन्द खनालले बताउनु भयाे ।
दलित समुदायका भिन्न भिन्न पाँच थरका कन्याहरूले पञ्चकन्याका रूपमा शान्ति समाजकाे राष्ट्रिय परिषद बैठककाे मैन बत्तिमा दीप प्रज्वलन गरेर उदघाटन गरेकाे सभापति खनालले बताउनु भयाे ।
कार्यक्रममा समाजका संस्थापक सभापति तथा मनाव अधिकारवादी नेता कृष्ण पहाडी, संविधानसभा सदस्य बिनाेद पहाडी, हाेमकान्त चाैलागाई, गंगाधर पराजुली लगायतले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।
परिषद बैठकमा शान्ति समाजका देशभरका जिल्ला शाखा हरूबाट प्रतिनिधिहरू सहभागि रहनु भएकाे छ । परिषद बैठकले आगामी दुइ बर्षे कार्यकालका लागि केन्द्रीय कार्यसमितिकाे समेत चयन गर्नेछ ।
प्रकाशित मिति:
शनिबार, पुस ३०, २०७९, १०:१८:००