नवलपरासी, पुस २९ । मानवअधिकारी वादी नेता कृष्ण पहाडीले शक्ति केन्द्रहरूबीचकाे टकराबले नेपालकाे लाेकतन्त्रलाई समाप्त पार्ने बताउनु भयाे । नवलपरासीकाे भुमहीमा आयाेजना भएकाे मानवअधिकार तथा शान्ति समाजकाे राष्ट्रीय परिषद बैठककाे उदघाटन सत्रमा बाेल्दै संसद र राष्ट्रपति दुइ सर्बाेच्च संस्थाबीचकाे टकराबले लाेकतन्त्रलाई खाने बताउनु भयाे । वहाँले भन्नुभयाे,` नेपालका शक्तिशाली संस्थाहरू संसद र राष्ट्रपतिबीचकाे टकराबले लाेकतन्त्रलाई खान्छ ।´
सार्वभाैम संसदले पारित गरेका विधेयकलाई सेरेमाेनियल राष्ट्रपतिले राेक्नु विधि विपरित भएकाे पहाडीकाे भनाई छ ।
संसदले लगाएकाे महाअभियाेग जस्ताे गम्भिर बिषय एउटा कर्मचारीले ओैचित्य सकियाे भनेर पत्र लेख्नु र एउटा घटनाका बारेमा नेपाल प्रहरीका पुर्व प्रमुखहरूकाे संयुक्त बक्तव्य निकालेर धारणा सार्वजनिक गर्नु पनि लाेकतन्त्रका लागि खतरा भएकाे मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति समेत रहनु भएका पहाडीले बताउनु भयाे ।
प्रकाशित मिति:
शुक्रबार, पुस २९, २०७९, १८:४४:००