झापा, पुस २९। प्रदेश १ को मन्त्रिमण्डल बिस्तार भएको छ । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले माओवादी केन्द्रका दुई र नेकपा एमालेका एकजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्नुभएको हो । कार्कीले आज विश्वासको मत लिनुअघि माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्रीमा नियुक्त गर्नुभएको हो ।
पार्टीको चर्को विवाद र असन्तुष्टिबीच प्रधानमन्त्रि तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका ज्वाँइ आचार्यलाई पनि मन्त्रि नियुक्त गरिएको हो । नवनियुक्त मन्त्रिहरुले आजै शपथ ग्रहण गरेका छन ।
आचार्य मोरङबाट, चापागाईं तेह्रथुमबाट र राजभण्डारी सोलुखुम्बुबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । नवनियुक्त मन्त्रिहरुको मन्त्रालय भने तय भइसकेको छैन ।
यसअघि मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको थियो । विश्वासको मत पाइसकेपछि मन्त्रिपरिषदलाई पूर्णता दिने मुख्यमन्त्री कार्कीको तयारी छ ।
प्रदेशसभाको ५ वर्षे कार्यकालको आधा समय मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने माग गर्दै सरकारमा नजाने अडान राखेको माओवादी केन्द्र केन्द्रको निर्देशनपछि सरकारमा गएको हो ।
प्रकाशित मिति:
शुक्रबार, पुस २९, २०७९, १२:००:००