झापा, पुस २४ । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलकाका नेता हिक्मतकुमार कार्की नियुक्त हुनु भएको छ ।कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ ९२० अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको छ ।
सत्ता साझेदार दलका शीर्ष नेताहरु बिच प्रदेश १ मा एमालेका तर्फबाट मुख्यमन्त्री हुने सहमति भएसंगै कार्कीलाई मुख्यमन्त्री बनाउन माओवादी केन्द्र र राप्रका संसदीय दलका नेताद्वय इन्द्रबहादुर आगंबो र भक्ती सिटौला सहित कार्कीले संयुक्त हस्ताक्षर गरी प्रदेश प्रमुख खापुङ समक्ष आजै अपरान्ह मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको थियो ।
झापा क्षेत्र नम्बर ५(१) बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन गरेका छन् ।
प्रकाशित मिति:
आईतबार, पुस २४, २०७९, १७:५०:००