बिराटनगर, पुस १४ । नेपाली काँग्रेस प्रदेश १ संसदीय दलकाे नेतामा उद्धब थापा निर्वाचित हुनु भएकाे छ ।
आज भएकाे संसदिय दलकाे मतदानमा काँग्रेस प्रदेश १ सभापति समेत रहनु भएका थापाले १८ मत प्राप्त गर्नु भएकाे छ ।
अर्का उम्मेद्वार केदार कार्कीले ९ र अमृत अर्यालले २ मत प्राप्त गर्नु भएकाे निर्वाचन समितिका संयाेजक रमेशजंग रायमाझीलेबताउनु भयाे । प्रदेश १ मा काँग्रेसका २९ जना सांसद छन ।
प्रकाशित मिति:
शुक्रबार, पुस १५, २०७९, १०:०६:००