झापा, पुस १२ । झापाको काकरभिट्टामा जारी फुटबल प्रतियोगिताको उपाधी धुलाबारी माविले जितेको छ । काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा आयोजित अन्तर विद्यालय फूटबलको आज सम्पन्न फाइनल खेलमा काकरभिट्टा क्याम्पसलाई हराउँदै धुलाबारी माविले उपाधी कब्जा गरेको हो ।
आज भएको फाइनल खेलमा धुलाबारी माविले काँकरभिट्टा बहुमुखी क्याम्पसलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । धुलाबारी माविको जीतमा जर्सी नम्बर ८ का खेलाडी संदिप खवासले खेल सुरु भएको १ मिनट पनि नभइ १ गोल गर्न सफल भएका थिए भने उनले नै खेलको ४७ औं मिनटमा थपा १ गोल गर्न सफल भएका थिए । काँकरभिट्टा बहुमुखी क्याम्पसका जर्सी नम्बर १० का खेलाडी नविन सुवेदीले खेलको दोस्रो हाफको ३५ औं मिनटमा १ गोल फर्काउन सफल भएका थिए ।
यस अघि काँकरभिट्टा बहुमुखी क्याम्पसले होलीबेल मावि धुलाबारीलाई ४–० गोल अन्तरले हराएर फाइनल प्रवेश गरेको थियो भने धुलाबारी माविले काँकरभिट्टा माविलाई ३–० गोल अन्तरले पाखा लगाउँदै फाइनलको यात्रा तय गरेको थियो ।
फाइनल खेलका विजेतले नगद १० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन । त्यस्तै उपविजेताले नगद ५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन । पुरस्कार क्याम्पसको २४ औं वार्षिकोत्सव पौंष १४ गतेकाको कार्यक्रमा वितरण गरिने छ ।
प्रकाशित मिति:
मंगलबार, पुस १२, २०७९, १९:०२:००