झापा,पौष १२ । छिमेकी मुलुकहरुमा कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण फैलिएसंगै झापामा उच्च सर्तकता अपनाइएको छ ।
कोभिड १९ व्यवस्थापन समिती झापाले कोरोनाको नयाँ भेरियन्ट बि एफ ७ को उच्च जोखिम देखिएको भन्दै उच्च सर्तकता अपनाएको हो ।
समितीको आज बसेको बैठकले बिभिन्न स्थानमा रहेका होल्डीङ सेन्टरलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।
त्यस्तै काँकरभिट्टा नाकामा रहेको हेल्थ डेस्कलाई पुर्ण रुपमा सञ्चालनमा ल्याउने तथा आवश्यक औषधी तथा औषधीजन्य सामाग्रि स्टकमा राख्न स्वास्थ्य संस्थाहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
त्यस्तै बुस्टर डोज ल्याउन प्रदेशमा समन्वय गर्ने सिमानाकामा थप सर्तकता अपनाउने र संकास्पद संक्रमितलाई नाकामै परिक्षण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
त्यस्तै समितिले भिडभाड हुने स्थानहरुमा अनिवार्यरुपमा मास्क लगाउन अनुरोध गरेको छ । त्यस्तै जनस्वास्थ्यका मापदण्ड नियमित रुपमा पालना गर्न गराउन पनि आग्रह गरिएको छ ।
प्रकाशित मिति:
मंगलबार, पुस १२, २०७९, १६:४१:००