झापा,पौष १० । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराएर अगाडि बढ्नु पर्ने धारणा राख्नुभएको छ ।
आज सामाजिक सञ्जाल ट्वीटरमार्फत नयाँ सरकारबारे धारणा राख्दै शर्माले सत्ता गठबन्धनलाई अझ बलियो बनाउन रास्वपा गाँसेर जानु तर्कपुर्ण हुने बताउनुभएको हो ।
महामन्त्री शर्माले ‘एक्लो बहुमत’ बसैको पनि नरहेको उल्लेख गर्दै पाँच वर्ष सरकार टिकाउन रास्वपालाई लिएर सरकार निर्माण गर्नुपर्ने बताउनुभएको हो ।
संसद पाँच वर्ष टिकाउन लचकता, सहकार्य र विश्वासको मन्त्र आत्मसात गर्नुपर्ने भन्दै उहाँले सरकारमा अनुभवी र नयाँको संयोजन हुनुपर्ने धारणा राख्नुभएको छ ।
गठबन्धन नटुटाई पारदर्शी एकता हुन उत्तिकै जरुरी रहेको महामन्त्रि शर्माको बिचार छ । उहाँले सत्ता गठबन्धनका दलबीच नेपाली कांग्रेस २ वर्ष, माओवादी २ वर्ष र नेकपा एकीकृत समाजवादी १ वर्ष प्रधानमन्त्री हुने गरी गरेको समझदारीको समर्थन गर्नुभएको छ ।
प्रकाशित मिति:
आईतबार, पुस १०, २०७९, १२:०५:००