झापा,पौष १० । छिमेकी मुलुकहरुमा कोरोनाको नयाँ प्रजातिको भेरियन्टको संक्रमण बढेपछि सरकारले बुस्टर डोज लगाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले सचेत रहन भनेको हो । मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर डोज लगाउन आग्रह गर्नुभएको हो ।
नेपालमा हालसम्म नयाँ प्रजातिको बिएफ–७ नामक भाइरस नदेखिएको भएता पनि खुला सिमानाका कारणले नेपालमा भित्रिन सक्ने भएकाले सजगता अपनाउन मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले पहिलो र दोस्रो मात्रा खोप लगाएका व्यक्तिले अनिवार्यरूपमा बुस्टर डोज लगाउन भनेको छ। सरकारले बुस्टर डोजका लागि भने खोप ल्याउने तयारी गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. ठाकुरले १५ लाख मात्रा बुस्टर डोज खोप ल्याउन लागिएको । कोभ्याक्स सुविधाअन्तर्गत सम्झौता गरिएको ९२ लाख मात्रा खोपमध्ये ३७ लाख मात्रा ल्याइसकेको छ। अब त्यही बाँकी रहेको मध्ये १५ लाख मात्रा खोप बुस्टर डोजका लागि ल्याउन थालिएको हो।
सम्झौता गरिएको खोपमध्ये दुईपटक गरेर ३७ लाख मात्रा खोप भने स्वदेश आइसकेको छ । यस्तै, मन्त्रालयले सङ्क्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा स्यानिटाइजर नियमित प्रयोग गर्नसमेत आग्रह गरेको छ।
प्रकाशित मिति:
आईतबार, पुस १०, २०७९, ११:४९:००