झापा, पुष ३ । कतारमा जारी विश्वकप फुटबलको फाइनल खेल आज हुँदैछ । नेपाली समय अनुसार आज राति ८ः४५ मा विश्वकपको उपाधीका लागि अर्जेन्टिना र फ्रान्स भिड्दैछन ।
विश्वकप फुटबलको उपाधी यी दुई मध्ये एक टिमले उचाल्ने निश्चित नै छ । विश्वकपको ट्रफि सहित नगद पनि विजेताले पाउने छन । कतार विश्वकपमा पुरस्कारका लागि मात्रै ४४ करोड अमेरिकी डलर रकम छुट्याइएको छ ।
उपाधी विजेता टिमले ट्रफि सहित नगद ४ करोड २० लाख अमेरिकि डलर पाउनेछ । त्यस्तै उपविजेताले ३ करोड, तेस्रो हुनेले २ करोड ७० लाख र चौथो हुनेले २ करोड ५० लाख डलर प्राप्त गर्ने छन्।
यस्तै क्वार्टरफाइनलसम्म पुग्ने टोलीले १ करोड ७० लाख, अन्तिम १६ सम्म पुग्ने टोलीले १ करोड ३० लाख र बाँकी १६ टोलीले ९० लाख डलर दरले पाउनेछन ।
प्रकाशित मिति:
आईतबार, पुस ३, २०७९, ०७:५७:००