झापा, पुष ३ । झापा जिल्ला कराते टेक्निकल कमिटिको अध्यक्षमा बद्री बिष्ट चयन हुनु भएको छ । हिजो भएको सितोरियो कराते संघको विशेष भेलाले राखेप कराते प्रशिक्षक समेत रहनु भएका विष्टको अध्यक्षतामा जिल्ला कराते टेक्निकल कमिटी गठन गरेको छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीको प्रमुख आतिथ्यतामा बिर्तामोडमा सम्पन्न भेलाले बिष्टको अध्यक्षतामा ३१ सदस्यीय कमिटी बनाएको हो ।
कमिटीको वरिष्ठ उपाध्यक्ष मीना पाठक, उपाध्यक्षमा जगन कार्की र ज्ञानेन्द्र राई, सचिवमा दिपेश निरौला, सहसचिवमा जीवन राई र केशव कार्की तथा कोषाध्यक्षमा रेणुका राई चयन भएका छन ।
झापा जिल्ला सितोरियो कराते संघ झापाका अध्यक्ष मिलनराज प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा कराते वरिष्ठ प्रशिक्षक कालु मेचे, जिल्ला खेलकुद विकास समितिका प्रशासन प्रमुख विष्णु नेम्वाङ, राखेप कराते प्रशिक्षकहरु कृष्ण बस्नेत लगायत जिल्लाभरका ४२ जना स्वयमसेवक प्रशिक्षकको सहभागिता रहेको थियो ।
प्रकाशित मिति:
आईतबार, पुस ३, २०७९, ०७:१४:००