झापा, मंसिर २९ । कतारमा जारी फिफा विश्वकपको फाइनलमा साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन्। आइतबार राति दोहास्थित लुसेल रंगशालामा हुने खेलमा लियोनेल मेसीको अर्जेन्टिना र किलियान एम्बाप्पेको फ्रान्स आमने सामने हुनेछन्। ।
अर्जेन्टिना मंगलबार राति भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० को नतिजामा पराजित गर्दै फाइनलमा पुगेको थियो । बुधबार भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० ले हराउँदै साविक विजेता फ्रान्स उपाधि नजिक पुगेको छ ।
सन १९८६ मा डिएगो म्याराडोनाको नेतृत्वमा दोस्रो पटक विश्वकप जितेको अर्जेन्टिनालाई तेस्रो विश्वकप जिताउने लक्ष्यमा छन, मेस्सी । अर्कातिर, सन १९६२ देखि हुन नसेकेको विश्वकप उपाधि रक्षा गराउँदै फ्रान्सलाई तेस्रो पटक विश्वकप विजेता बनाउने योजना एम्बाप्पेको छ ।
आइतबार हुने यी दुई राष्ट्रबिच फुटबल मैदानमा उपाधीको भिडन्तका बेला जसले उत्कृष्ट खेल्न सक्छ त्यही टिमले यो पटकको विश्वकपको ट्रफि उचाल्ने निश्चीत छ ।
प्रतियोगिता अन्तरगत तेस्रो स्थानका लागि शनिबार क्रोएसिया र मोरक्को बिच खेल हुनेछ ।
प्रकाशित मिति:
बिहिबार, मंसिर २९, २०७९, ०७:२५:००